काठमाडौँ, कात्तिक २६ । डा राजन भट्टराई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्ति भएका छन् । त्यसैगरी उनको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारीलाई नियुक्त गरिएको छ ।
भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णय अनुसार उनीहरु नियुक्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताएका छन् ।
मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।