काठमाण्डौ, मंसिर १३ । कुनै बेलाका एकदमै रुचाइएका र चकलेटी हिरोको रुपमा दर्शकको मन जित्न सफल नायक हुन आर्यन सिग्देल । तर चलचित्र कायरा पश्चात उनको स्ट्यार्डम खतरामा परेको र उनले बनाएको फिल्महरु चल्न छाडेपछि अहिले तनाबमा छन् ।
डिमान्डेड र महँगा अभिनेता थिए एक जमानाका तर अहिले कहिले हातमा फिल्म पर्ला र गरुला भन्ने स्थितिमा छन् । एकाएक स्टारडमले बाटो मोडेपछि चकलेटी हिरोले नयाँ फिल्म ’हजार जुनी सम्म’ साइन गरेका हुन् । विकासराज आचार्यले निर्देशन गर्ने यो फिल्ममा उनले १३ लाख पारिश्रमिक बुझेको चर्चा सिने जगतमा छ ।
मंसिर दोस्रो साताबाट छायांकन सुरु हुने फिल्ममा उनी प्रमुख भूमिकामा छन् । उनको जोडी अभिनेत्री प्रियंका कार्कीसँग बाँधिएको छ भने उक्त फिल्ममा नायिका स्वस्तिमा खड्काको पनि प्रमुख भूमिका रहेको छ ।
अभिनेता आर्यन अहिले सो फिल्मका लागि दाह्रीको स्यारसुसार गर्न थालेका छन् । करीब डेढ महिनादेखि उनले दाह्री नकाटेकाले उनलाई जो कोहीले चिन्न सकिदैन ।