लोकसत्ता सम्बाददाता, क्यानडा । नोभ्म्बर १९, २०१८ सामाजिक र विपन्न नेपालीहरुको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने लक्षका साथ क्यानडामा राप्ती समाज गठन भएको छ ।
सुरेश रजौरेको संयोजकत्वमा गठन भएको तदर्थ समितिको अन्य सदस्यहरुमा मधु थापा, निरन्जन थापा, बसन्त प्रकाश रावत छेत्री, राजेन्द्र पोख्रेल, सरिता गिरी, बसन्ता पाठक, रमेस देवकोटा, अनिल श्रेष्ठ, सुबास शर्मा, विद्या न्यौपाने, नारायण खनाल, बिमल पन्थी, चिन्तामणी धिताल, हरी पाण्डे, प्रकाश चापाँगाइ, दुसीराज सेन, बिनोद सेन, गोविन्द शर्मा, मिलन ओली, विजय लम्साल रहेका छन् । त्यसैगरि समाजलाई गतिसिल बनाउनका लागि डा.अरुण पोखरेल् , डा.गुरु गिरी, डा.दिलिप पौडेल, डा. बामदेब पौडेल, डा. प्रीती शर्मा, नर बहादुर टन्डन, बुद्धी प्रकाश ओली र मुक्ति गौतम लाई सल्रलाहकारमा चयन गरिएको समाजले जनाएको छ । राप्ती अंचल भित्र पर्ने रोल्पा, रुकुम, सल्यान, प्यूठान र दांग क्षेत्रका हाल क्यानडाको बिभन्न क्षेत्र र पेशामा संलग्न ब्यक्तिगरुको संलग्नता समाजमा रहने छ । केहि समय देखि क्यानडामा बस्ने नेपालीहरुको पहलमा समाज तथा संगठन खोल्ने क्रम बढ्दो छ । यस्ता संघ संगठनको गठनले केहि कुराहरुमा सकारात्मक प्रभाव परेपनि समस्त कम्युनिटिको बिकासमा क्षेत्रीय र भौगोलिक बिभाजनको नकारात्मक प्रभाव पार्ने देखिएता पनि नव गठित समाजले आफ्नो उद्देश्य अनुरुप निश्वार्थ रुपबाट आफ्ना गतिविधि अगाडी बढाउनु पर्ने देखिन्छ ।