कभर स्टोरी

कांग्रेसको नेतृत्वमा देशमा शान्ति स्थापना : डा महत

By Bala Adhikari

November 20, 2018

नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले बताए ।

भगाहा नगरपालिका महोत्तरी जिल्लाको कांग्रेस पार्टी कार्यालय भवनको उद्घाटन तथा आमसभाको सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा देशमा शान्ति स्थापना र संविधान निर्माण भएको भन्दै नेपाली कांग्रेसको नेतृत्वमै नेपालको आर्थिक सामाजिक रुपान्तरण सम्भब हुन सक्ने कुरा बताए ।

बर्तमान कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल साबित भएको र यसको नेतृत्वमा नेपाली जनता सुखी र समृद्ध रहन नसक्ने उनको भनाइ छ ।

मधेस केन्द्रित दलहरूले पनि मधेसका जनतालाई सत्तामा जाने भर्याङ् बनाएको र चरम अवसरवादी चरीत्र देखाएको भन्दै यी दलहरूबाट तराइ मधेसका जनताको भलो नहुने बताएका छन् ।

तराईमधेसका जनताको अधिकार सुनिश्चित गर्न सक्ने र जनतको समृद्धि र बिकासको चाहना पूरा गर्न नेपाली कांग्रेसले मात्रै सक्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई एक भएर जनताको सुख दुखमा सामेल हुने र अर्को निर्वाचनमा पार्टीलाई पुर्ण बहुमत सहित बिजयी गराउन लाग्नका लागि अनुरोध गरे ।