काठमाडौँ, मङ्सिर ७ । नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ ।
आज बिहान ९ः४५ बजे हृदयाघात भएका उनको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले बताएका छन् ।