जिल्ला-विशेष

तीन वर्षदेखि फरार अभियुक्त पक्राउ

By Bala Adhikari

November 27, 2018

बनियानी, मंसिर ११ । अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले २०७३ माघ १० गते १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका उनलाई फैसला कार्यान्वयन टोलीले पक्राउ गरी जिल्ला अदालत झापामा पेश गरेर कैद भुक्तानका लागि सोमबार कारगार चलान गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जनाए ।

त्यसैगरी जिल्ला अदालत झापाले बहुविवाह मुद्दामा २०६७ मङ्सिर १६ गते एक/एक वर्ष कैद र रु पाँच/पाँच हजार जरिवाना तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३० मेनका मुर्मू र सोही ठाउँका ३१ वर्षीय दिवु मुर्मू रहेका छन् । उनीहरुलाई सोमबार कारागार चलान गरिएको छ ।