कभर स्टोरी

गेस्टहाउसका संचालकका छोरा मृत अवस्थामा फेला

By Bala Adhikari

November 29, 2018

मंसिर ११ गते मंगलबार गंगबुबाट बेपत्ता भएका त्रिवेणी स्वस्तिक गेस्टहाउसका संचालक प्रविण कुँवरका छोरा प्रयास कुँवर मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिषद्का एसएसपी धिरजप्रताप सिंहको नेतृत्वमा गएको ५ जनाको टोलिले आज बालाजुको मैपी पुलमुनि उनलाई मृत अवस्थामा फेला पारेको हो ।

कुँवरलाई आफ्नै ड्राइभर महेन्द्र सार्कीले हत्या गरी पुलमुनि फालेको एसएसपी सिंहले जानकारी गराए ।

उपत्यका भित्र बढ्दो हत्या हिंसाका घटना न्यूनिकरणका लागि परिषद् सक्रिय रहेको एसएसपी सिंह बताउँछन् ।  अपराधि जोसुकै भएपनि उम्केर कही जान नसक्ने उनी दाबी गर्छन ।