कभर स्टोरी

उपत्यकाका सवारीमा लगाइएको जोरबिजोर प्रणाली हट्यो

By Bala Adhikari

November 30, 2018

काठमाडौँ, मङ्सिर १४ । काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली हटाइएको छ ।

गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहान ११ः३० बजेदेखि सो प्रणाली हटाएको हो । काठमाडौंमा मङ्सिर १३ देखि १७ गतेसम्म हुने एशिया प्रशान्त सम्मेलनमा भाग लिन विभिन्न देशका सरकार प्रमुखहरुको आगमनलाई मध्यनजर गरेर ट्राफिक व्यवस्थालाई सहज गर्न उक्त प्रणाली लागू गरिएकोमा सरकारको चौतर्फी आलोचना भएको थियो ।

यसरी विरोध आएपछि सम्मेलनका लागि लगाइएको जोरबिजोर प्रणाली हटाइएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जनाए ।