कभर स्टोरी

ओखलढुंगा नेविसंघको संगठन बिस्तार अभियानलाई निरन्तरता

By Bala Adhikari

December 01, 2018

नेपाल विद्यार्थी संघ ओखलढुंगा-काठमाडौं सम्पर्क समितिले संघठन बिस्तार अभियानलाई निरन्तरता दिदै ओखलढुंगा सुनकोसी गाउपालिकामा रहेका विभिन्न मा. बि.(+२) मा कार्यसमिति बिस्तार गरेको छ ।

ओखलढुंगाको कांग्रेस  सशक्त र बलियो बनाउनका लागि बिद्यार्थीको ठुलो हात रहने ने.बि संघ ओखलढुंगा-काठमाडौ सम्पर्क समितीका सभापति शम्भु गौतमले बताएका छन ।

कांग्रेस बलियो बनाउनमा विद्यार्थीहरुको हात महत्त्वपुर्ण हुने हुदा तल्लो तह बाटै खारिएर संस्कारको राजनीति गर्न दबाब दिनु पर्ने सभपती गौतमले बताए ।

सभापति गौतमले प्रत्यक स्कुलमा सबै नेताहरु नमिल्नुको बिकल्प नरहेको बताउदै संगठनमा सबैजना एक जुट भएर लाग्नुपर्ने बताए।

बिस्तार गरिएको कार्यसमितीमा सबिन पराजुलीको अध्यक्षताश्री बल्खु मा बि मा २५ जनाको कार्यसमिती बिस्तार गरिएको छ भने श्री बल्खु मा बि (+२) – शिबराज राई को अध्यक्षतामा २१ जना कार्यसमिती बिस्तार गरिएको छ ।

त्यसैगरी श्री सुनकोशी मा बि (+२)मा रन्जना बास्तोलाको अध्यक्षता मा २१ जनाको कार्यसमिती बिस्तार गरिएको छ भने श्री कालिका मा बि (+२)मा युबराज राईको अध्यक्षता मा ५३ जनाको कार्यसमिती बिस्तार भएको छ ।

श्री पञ्चकन्या मा बि मा सर्मिला तिम्सिनाको अध्यक्षतामा १५ जनाको कार्यसमिती बिस्तार भएको छ भने श्री चौतारा मा बि मा शलिन कुमार तामाङको अध्यक्षता मा २९ जना को कार्यसमिती बिस्तार गरिएको छ ।

त्यसैगरी सुस्मिता बानियाको अध्यक्षता श्री प्रबुद्द मा बि (+२) मा ४४ जनाको कार्यसमिती बिस्तार गरिएको छ ।