आर्थिक

एनआइसी एसिया बैंकको कार्यकारी प्रमुखमा न्यौपाने 

By Bala Adhikari

December 03, 2018

काठमाडौं, मंसिर १७ । एनआई सी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् ।

न्यौपानेलाई मंसिर १६ गते बसेको बैंकको ३७९औं सञ्चालक समितिको बैठकले कार्यकारी अधिकृतमा नियुक्त गरेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएप श्चातश्री न्यौपानले कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।

न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाई सकेको बैंकले जनाएको छ ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका प्रमुख कार्यकारी अधिकृत न्यौपानले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदान गर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा काम गर्दै आएका छन् ।

३८ बर्षको उमेरमा सिइओमा नियुक्त भएका उनी चार्टड एकाउण्टेण्टसमेत हुन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका बैकले जनाएको छ ।