विदेश

मानब तस्करिमा आफ्नो नाम जोडेर सामाजीक प्रतिष्ठामा खलल पुर्याउन खोजीयो, डिआर खनाल

By Bala Adhikari

December 07, 2018

लोकसत्ता सम्वाददाता, क्यानडा ।

डिसेम्बर ०६, २०१८

केहि बर्ष देखि क्यानडा बस्ने केहि नेपालीहरू मानब तस्करिको बिषयलार्इ लिएर बिबादित बन्दै आर्इरहेका छन् । यसै गरि हालै केहि अनलार्इन मिडियाहरूमा क्यानडा निवासी ढुण्डिराज (डिआर) खनाल पनि यसैको सिकार भएका छन् तर उनले त्यसको खण्डन गरेका छन् ।

कांग्रेस नेता तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानको नाम प्रयोग गरि आफू मन्त्रीको पर्सनल सेक्रेटरि भनि संगिता अधिकारी नामकि युवतीले मानव तस्करिको लागि बिभिन्न ब्यक्तिहरूलार्इ क्यानडा पठाउने भन्दै रकम असुली गरेको र पछि भिसा नलागे पछि पिडितहरू प्रहरिको सरणमा गएका कारण र युवतिलार्इ प्रकाउ गरि अनुसन्धानबाट उनको संलग्नता प्रष्ट देखिएकोले यि कुरा बाहिर आएका हुन् ।

‘क्यानडा नेपाल डेभलपमेन्ट फाउन्डेसन’ नामक संस्थाको आयोजनामा हुने ‘युथ आर पावर अफ द कन्ट्री एण्ड द प्राइभेट सेक्टर आर की अफ डेभलपमेन्ट’ नामक कार्यक्रममा सहभागी गराउने र कार्यक्रम पश्चात उनीहरुलाई क्यानडामै लुकाउने योजनामा आयोजक संथाका अध्यक्ष ढुण्डिराज (डिआर) खनालको पनि संलग्नता रहेको भन्ने छ । तर खनाले यि कुनै कुरामा सत्यता नरहेको र आफ्नो त्यस्ता गतिबिधिमा संलग्नता नरहेको लोकसत्ता सम्बाददातालाई बताएका छन् । उनले पूर्व मन्त्री भिमसेन दास प्रधान संग आफ्नो  ब्यक्तिगत चिनजान रहेको र उनी ब्यक्तिगत क्यानडा भ्रमणमा आउन चाहेकाले आफ्नो एनजिओ संथा  ‘क्यानडा नेपाल डेभलपमेन्ट फाउन्डेसन’ बाट आमन्त्रण पत्र पठाएको मात्र बताएका छन् । उनले, यि सबै मेरो सामाजीक प्रतिष्ठा माथि खलल पुर्याउने खेल भएको र यदि आफू त्यस्ता मानब तस्करिमा संलग्न भएको प्रमाणित भएमा जस्तोसुकै कानुनी कार्वाहि भोग्न तयार रहेको पनि प्रस्ट पारेका छन् ।

स्मरणिय के छ भने, लामो समयदेखि क्यानडा बस्दै आएका ढुण्डीराज (डिआर) खनाल क्यानडामा रहेको नेपाली समूदायको सबै भन्दा पुरानो संथा नेप्लिज क्यानेडिएन नेटवर्क अफ क्यानडा (एन सि एन सि) का बर्तमान अध्यक्ष सहित क्यानडाको नेपाली समाजमा परिचित रहेका छन् । यदि यस मानब तस्करिको मुद्दामा उनी संलग्न भएको प्रमाणित भएमा क्यानडाको नेपाली समाजमा उनको छबि माथि प्रश्न चिन्ह खडाहुने देखिन्छ ।