दाङ, मंसिर २१ । सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने सभामुख कृष्णबहादुर महराले बताएका छन् ।
आज घोराहीमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले लेखेको उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रभावकारी हुने बताएका छन् ।
आगामी फागुनसम्म कानून संशोधन गसिक्नुपर्ने चुनौती रहेको भन्दै उनले नेपालको सविधान २०७२ सँग बाँझिएका धेरै कानून अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशनसम्ममा संशोधन नभए स्वतःखारेज हुने जनाएका छन् ।
समाजमा भएका घटनाको गहिरो गरी विश्लेषण गरी लेखिएका पुस्तकले इतिहासको पाटो पनि पूरा गर्ने उनको भनाइ छ ।
सभामुख महराले केही दिन पहिले घोराहीमा अप्रिय घटना भएको चर्चा गर्दै जिल्लामा शान्ति सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनसमक्ष अनुरोधसमेत गरेको छ ।