रुपन्देही, मङ्सिर २१ । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका नेत्री डिला संग्रौलाले मुलुकमा सुशासन कायम नहँुदा दण्डहिनता बढेको बताएकी छिन् ।
आज बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जनतालाई विकास र समृद्धिसँग जोड्न नसकेको टिप्पणी गरीन् । संग्रौलाले सरकारले अपराधीलाई संरक्षण नदिइ कानूनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएकी छिन् ।
उनले कानून कार्यान्वयन भए मुलुकमा अपराध न्यूनीकरण हुनेमा दुई मत नभएको प्रष्ट पारिन् । संग्रौलाले मुलुकमा भइरहेको हिंसा, हत्या र बलात्कारविरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट आवाज उठाउने जानकारी गराईन् ।