कभर स्टोरी

अध्यक्षमा पुनः अमर थापा छनोट

By Bala Adhikari

December 09, 2018

बागलुङ, मंसिर २३ । राष्ट्रिय जनमोर्चा बाग्लुङको छैठौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा छनोट भएका छन् ।

शनिबार जिल्लाको गलकोटमा भएको सम्मेलनले २७ पूर्ण र आठ वैकल्पिक गरी ३५ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोखरेल, सह–सचिवमा डिलकुमारी पुन र कोषाध्यक्षमा डिलबहादुर दर्जी रहेका छन् ।

खिमविक्रम शाही, थम्मन घर्ती, दिपक थापा, कृष्ण पौडेल, थानेश्वर सुवेदी, दुर्गादेवी घर्ती, रुद्राकुमारी क्षेत्री लगायत सदस्यमा छानिएका छन् ।

सल्लाहकारमा कृष्ण थापा, काजी गाउँले श्रेष्ठ, बेदीलाल सापकोटा, टङ्कबहादुर केसी, टिकाराम शर्मा, गौरीश्वर पाण्डे, अर्जुन खत्री, तमबहादुर घर्ती र अमर खत्री छनोट भएका हुन् । सम्मेलनले १७ बुँदे समसामायिक प्रस्ताव पारित गरेको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

नवगठित समितिका अध्यक्ष थापाले यसअघि लगातार तीन कार्यकाल जिल्ला पार्टीको नेतृत्व सम्हालीसकेका छन् । दुई दिनसम्म चलेको सम्मेलनको उद्घाटन राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए ।