आर्थिक

एक रोपनी क्षेत्रफलमा विद्युतीय लिफ्टसहित सहकारी भवन बन्ने

By Bala Adhikari

December 14, 2018

बेझाड, मंसिर २८ । रामपुरमा रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न भवन बन्ने भएको छ ।

एक रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त सहकारीले अनुमानित रु तीन करोडको लागतमा विद्युतीय लिफ्ट जडान सहितको बहुउद्देश्यीय व्यावसायिक भवन बनाउन लागेको सहकारीका सचिव लेखनाथ शर्मा मरासिनीले जानकारी गराए ।

आगामी तीन वर्षभित्रमा अत्याधुनिक सुविधा सम्पन्न भवन बनाइसक्ने लक्ष्यले भवन बनाउने प्रक्रिया अगाडि बढाइएको सहकारीका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए ।

सहकारीको भवन निर्माण कोषबाट साढे चार तला बगैँचासहितको भवन बन्ने सहकारीले बताएको छ । सो सहकारीमा हाल तीन हजार सात सय ८० जना सेयर सदस्य रहेका छन् ।