कभर स्टोरी

समृद्ध नेपाल निर्माणका लागि खेलकूद अपरिहार्य : मन्त्री विश्वर्कमा

By Bala Adhikari

December 16, 2018

काठमाडौँ, पुस १ । समृद्ध नेपाल निर्माणका लागि खेलकूद अपरिहार्य रहेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।

शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिले शनिबार साँखुमा आयोजना गरेको प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पनासमेत गर्न नसकिने विचार व्यक्त गरे ।

मन्त्री विश्वकर्माले फुटबल खेल देश तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गइरहेको र यस्तै नगरस्तरका खेलबाट नै खेलाडीहरु राष्ट्रिय बन्दै अन्तर्राष्ट्रिय खेल क्षेत्रमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले नगरस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रथम भएको शङ्खरापुर नगरपालिका–९ लाई एक लाख, दोस्रो भएको वडा नं २ लाई ५० हजार र तेस्रो बनेको वडा नं १ लाई २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।