कभर स्टोरी

केन्द्रीय समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने : डा. महत

By Bala Adhikari

July 24, 2017

काठमाडौँ, साउन ९ । नेपाली काँग्रेसको जारी केन्द्रिय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.प्रकाशशरण महतले बताएका छन् ।

उनले स्थानीय तहका दुई चरणका निर्वाचन सकिए पछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रिय समिति बैठक बस्नुपर्ने आवश्यक परेकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त भएकाले बैठक सकिने बितिकै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको आन्तरिक गृहकार्य सकेको र पार्टीको जारी केन्द्रिय समिति बैठक सकिए लगत्तै नेपाली काँग्रेस र अन्य दलहरुसँग सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा रहेको डा.महतले जानकारी दिए ।

नेता डा.महतले हाल सञ्चारमा आएजस्तो कुनै आन्तरिक या अन्य विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको कुरा स्पष्ट पारे । प्रधानमन्त्रीले तयारी गरिसकेको केन्द्रिय समिति बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने, यसमा अन्यथा मान्नुपर्ने केही नभएको उनले बताए ।