काठमाडौँ, पुस ३ । सुशील कोइराला फाउन्डेसनले नेपाली तीन युवा खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
उक्त छात्रवृत्ति प्राप्त गर्न सफल खेलाडीमा यू–१६ टोलीका रित गौतम, त्रितराज दाश र भूपेन्द्र उप्रेती रहेका छन् । छात्रवृत्ति पाउने तीनै खेलाडीले भारतमा गएर एक महीना वीरेन्द्र सहवाग एकेडेमीमा प्रशिक्षण गर्नेछन् ।
त्यसको आधा खर्च एकेडेमीले र बाँकी फाउन्डेसनले बेहोर्नेछ । सो फाउन्डेसनको पहलमा तीनै खेलाडीले प्रशिक्षणको अवसर पाएका हुन् ।
उमेर समूहमा कुनै पनि घरेलु प्रतियोगिता नभएका बेला युवा खेलाडीले पाएको अवसर निकै राम्रो रहेको फाउन्डेसनले बताएको छ । खेलाडी यही पुस ५ गते भारततर्फ प्रस्थान गर्नेछन् ।