परोपकारी संस्था जिवन उत्थानको सहयोगार्थ सिडनीमा आयोजना हुन लागेको च्यारीटी कार्यक्रममा सहभागि हुन नेपाली कांग्रेशका युवा नेता गगन थापा र प्रदेश नम्बर तिनकी गर्भनर तथा समाजसेवी अनुराधा कोइराला सिडनी आउने भएका छन । ललितपुरको फर्पीङमा अवस्थीत जिवन उत्थान बालगृहको सहयोगको लागि अस्ट्रेलियामा पनि जिवनउत्थान अस्ट्रेलियाको स्थापना गरिएको कार्यक्रमका संयोजक इर्शाद अहमदले बताए । सन २०१४ मा स्थापना भएको जिवन उत्थान अस्ट्रेलियाले यस बालगृह सन्चालनमा सहयोग गर्दै आएको छ । यस पटक नेपाली कांग्रेशका युवा नेता तथा प्रखर बक्ता गगन थापा र समाजसेवी अनुराधा कोइरालाको उपस्थीतीमा च्यारीटी डिनरको आयोजना गरेर बालगृहलाई आथिक सहयोग गर्ने तयारीमा जुटेको इर्शाले सुनाए । हाल जिवनउत्थानमा करिब सत्तरी जना असहाय र गरिब बाल बालिकाहरु रहेका छन । यही आउँंदो १२ जनवरीमा आयोजना हुन लागेको गाला च्यारीटी डिनर हर्षभिलको माराना अडीटोरियममा हुने आयोजक जिवन उत्थानले जनाएको छ । बिदेशमा बसेर मुलुकमा असिक्षा र गरिबीको मारमा परेका बालबालिकाको सहयागमा केहि गर्न सकिन्छ की भनेर जिवनउत्थान मार्फत हाम्रो टिमले सहयोगको वाटो बुनेको आयोजकमध्येका एक इर्शादले बताए ।