विदेश

जिटिएको पुरानो संथा एन.सि.एन.सि.को अधिबेशन हुदै ।

By Bala Adhikari

December 18, 2018

राजु थापा, क्यानडा ।

१८ डिसेम्बर, २०१८

२४ बर्ष अघि स्थापना गरिएको जिटिएको सबैभन्दा पुरानो नेपाली कम्यूनिटि संथा “नेप्लिज कम्यूनिटि नेटवर्क अफ क्यानडा” (एन.सि.एन.सि.) को २४औ बार्षिकोत्सव तथा साधारण सभा यहि डिसेम्बर २३ तारिख आर्इतबार रोयल ब्याक्विट हलमा हुने भएको छ ।

क्यानडाको बिशेषगरि जिटिएमा नेपाली संघ संथाहरू खोल्नेक्रम बढिरहेको छ । खासगरि सबैजसो नेपाली समूदायको हकहितको लागि काम गर्ने उदेश्य लिएर गठन गरिएता पनि नेपाली समूदायमा कुनै पनि संघ संथाले खासै त्यस्तो सकारात्मक प्रभाव पार्न सकेको देखिदैन। बरू अहिले त अधिकांस संघ संथाहरू राजनैतिक धारको आधारमा पक्ष र बिपक्षमा देखिनुका साथै मानब तस्करिमा समेत मुछिन थालेकाले समूदाय भित्रै संथाहरू प्रति बितृष्णा बढ्न थालेको पाइन्छ ।

एन.सी.एन.सीले समूदायमा केहि सकारात्मक कामहरू जस्तै, नेपाली बालबालिकारूलाइ नेपाली भाषा कक्षाको संचालन, नेपालमा समय समयमा हुने गरेको प्राकृतिक बिपत्तिहरूमा सहयोग लगायत हिन्दुहरूको महान चाडको अबसरमा शुभकामना कार्यक्रमको आयोजना गरेको पाइन्छ तर त्यसमा समूदायका सदस्यहरू सन्तुष्ठ भने छैनन् । बरू अहिले संथा राजनैतिक पक्ष बिपक्षमा देखिन थालेकाले चिन्तित छन् ।

यदि अब हुन गैरहेको एन.सि.एन.सि.को साधारण सभामा पुरानै प्रबृत्ति र कृयाकलापले निरन्तरता पाउने, राजनैनिक रंगको आधारमा सदस्यहरूको पक्ष बिपक्षको बर्गिकरण र बिभाजित हुने जस्ता काम कायम हुने र प्रोत्साहन गर्दै जाने हो भने भबिष्यमा कुनै पनि संघ संथाहरू प्रतिको बिश्वसनियता घट्नुका साथै त्यसको अस्तित्व समेत नरहने पक्का देखिन्छ । हाल यस संथामा १५० जना अजिवन र २२२ जना साधारण सदस्यता गरि जम्मा ३७२ जना सदस्य भएका छन् ।

तसर्थ अबको अधिबेशनबाट त्यस्ता ब्यक्तिको नेतृत्व चयन गरौ जसले नेपाली समूदायमा संथाको उदेश्य अनुरूप निश्वार्थ तवरले आफ्नो भूमिका निर्वाह गर्न सकोस् साथसाथै त्यसमा जिटिए बासिहरूले पनि संथा प्रति उत्तरदायि रहि समूदायका हरेक कृयाकलापमा साथ सहयोग गरि भूमिका निर्वाह गरेमात्र समूदायमा सकारात्मक सन्देश जान सक्छ र त्यो नै हामि सबैको जिम्मेवारि पनि हो ।