कभर स्टोरी

मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउन नेपाल महिला संघको माग

By Bala Adhikari

July 24, 2017

काठमाडौँ, साउन ९ । हाल विस्तार हुन लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउन नेपाल महिला संघले माग गरेको छ ।

उक्त संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष उमा रेग्मीले संविधानमा तोके अनुसार मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनु पर्ने माग राख्दै सरकार समक्ष आग्रह गरेकी छिन् । संविधानमा नै महिलाको प्रतिनिधित्व उल्लेख गरिसकेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको मन्त्रिपरिषद्मा समेत महिलाको उल्लेख्य प्रतिनिधित्व हुन नसकेको उनले गुनासो व्यक्त गरिन् ।

उनले महिला आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै महिलाका लागि संविधानले तोके अनुसारको अधिकार पाउनुपर्ने बताइन् । अध्यक्ष रेग्मीले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको अधिकारलाई सुनिश्चित नगरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनी समेत दिएकी छिन् ।