कभर स्टोरी

दोस्रो खेलमा सन्दिप फेरी चम्के

By Bala Adhikari

December 24, 2018

नेपाली युवा स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्यासको आफ्नो दोस्रो खेलमा होबर्ट हुरिकेनसँग साघुँंरो अन्त्रे पराजित बेहोरेको छ । तर ब्यक्तीगत रुपमा भने नेपाली बलर सन्दिपले दोस्रो खेलमा पनि पुरै ओभर बलिङ गर्दै महत्वपुर्ण तिन विकेट लिएका छन । सन्दिपले होर्वाटका ओपनर म्याथ्यु वेट ,एलेक्स डुलन र बेन म्याकडोरमटको विकेट लिएका थिए । सन्दिपले चार ओभरमा २४ रन खर्चेर किफायती बलिङ गर्दै टिमलाई अगाढि बढाएका थिए । खेलमा सम्मानजनक स्कोर बनाउन नसकेको मेलवर्न स्टार्सले खेलको अन्ततिर दबाब सृजना गरेपनि दोस्रो खेलमा जित निकाल्न सकेन । अन्तिम अन्तिम तिर मेलवर्नका अन्य बलरहरु मंहगा साबित भए । ड्वाइने ब्राभोले तिन ओभरमा विना विकेट ३८ रन खाएका थिए भने स्कट बोल्यान्डले दुइ ओभरमा २३ रन खर्चेका थिए ।

यसअघि आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरूद्ध हार व्यहोरेको मेलबर्न स्टार्स जितको खोजीमा रहेपनि ब्याट्सम्यानहरु चल्न नसक्दा दोस्रो खेलमा पनि पराजयको सामना गर्नु परेको हो । लगातार दुई खेलमा उत्कृष्ट बलिङ प्रर्दशन गरेपनि टिमले जित निकाल्न नसक्दा सन्दिपको बलिङको भने चर्चा चुलिएको छ । पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको मेलबर्न तालिकाको पुछारमा छ । यसअघि आफ्नो डेब्यू खेलको डेब्यू ओभरमै दुई विकेट लिएका लेगस्पीनर सन्दीपले यसअघि ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेका थिए। सन्दीपले पहिलो ओभरमा किफायती बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका थिए। सन्दीपले सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई दोस्रो बलमा तथा अन्तिम बलमा म्याकुलम फेर्गुसनलाई आउट गरेका थिए।