कभर स्टोरी

कांग्रेसले मेलमिलाप दिवसका लागि खटायो प्रतिनिधि, नामावली सहित

By Bala Adhikari

December 27, 2018

काठमाडौँ, पुस १२ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन पार्टी सभापति शेरबहादुर देउवाले आह्वान गरेका छन् । कांग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी संगठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ ।

विसं २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । दिवसलाई प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामहरु यस प्रकार छन्

१ ताप्लेजुङ ः सुजाता परियार २ पाँचथर ः डा. डिला संग्रौला ३ इलाम ः महेन्द्र यादव ४ झापा ः कृष्णप्रसाद सिटौला ५ संखुवासभा ः मानबहादुर विश्वकर्मा ६ तेह्रथुम ः भीष्मराज आङ्दम्वे ७ भोजपुर ः अमृत अर्याल ८ धनकुटा ः सरिता प्रसाई ९ मोरङ ः डा. प्रकाशशरण महत १० सुनसरी ः महेश आचार्य ११ सोलुखुम्बु ः कल्याणकुमार गुरुङ १२ खोटाङ ः केशवकुमार बुढाथोकी १३ ओखलढुंगा ःबलबहादुर के.सी. १४ उदयपुर ः आनन्दप्रसाद ढुंगाना १५ सप्तरी ः डा. मिनेन्द्र रिजाल १६ सिरहा ः विमलेन्द्र निधि १७ दोलखा ः किशोरसिंह राठौर १८ रामेछाप ः किरण यादव १९ सिन्धुली ः पुष्पा भुसाल २० धनुषा ः धनराज गुरुङ २१ महोत्तरी ः सीतादेवी यादव २२ सर्लाही ः डा. शेखर कोइराला २३ रसुवा ः शिवप्रसाद हुमागाँई २४ धादिङ ः डा. रामशरण महत २५ नुवाकोट ः रमेश रिजाल २६ काठमाडौं ः शेरबहादुर देउवा संयोजन—ध्यानगोविन्द रञ्जित २७ भक्तपुर ः ईश्वरी न्यौपाने २८ ललितपुर ः उमाकान्त चौधरी २९ काभ्रे ः अर्जुननरसिंह के.सी. ३० सिन्धुपाल्चोक ः अम्बिका बस्नेत ३१ मकवानपुर ः गुरूराज घिमिरे ३२ रौतहट ः फर्मूल्लाह मंसुर ३३ बारा ः महालक्ष्मी उपाध्याय ‘डिना’ ३४ पर्सा ः प्रकाशमान सिंह ३५ चितवन ः ज्ञानेन्द्रबहादुर कार्की ३६ गोरखा ः रामचन्द्र पौडेल ३७ मनाङ ः सिता गुरुङ ३८ लम्जुङ ः शंकर भण्डारी ३९ कास्की ः पूर्णबहादुर खड्का ४० तनहुँ ः कमला पन्त ४१ स्याङजा ः अर्जुनप्रसाद जोशी ४२ गुल्मी ः रामकृष्ण यादव ४३ पाल्पा ः डा. नारायण खड्का ४४ अर्घाखाँची ः देवेन्द्रराज कँडेल ४५ नवलपुर ः सुरेन्द्रराज पाण्डे ४६ नवलपरासी ः दिलबहादुर घर्ती ४७ रुपन्देही ः गोपालमान श्रेष्ठ ४८ कपिलवस्तु ः बालकृष्ण खाँण ४९ मुस्ताङ ः चित्रलेखा यादव ५० म्याग्दी ः जीवन परियार ५१ बाग्लुङ ः हरिप्रसाद नेपाल ५२ पर्वत ः दिपक गिरी ५३ रूकुम (पूर्व) ः बालकृष्ण पाण्डे ५४ रूकुम (पश्चिम) ः शिला शर्मा खड्का ५५ रोल्पा ः बीरबहादुर बलायर ५६ प्यूठान ः रत्न शेरचन ५७ सल्यान ः पार्वता डी.सी. चौधरी ५८ दाङ ः मोहनबहादुर बस्नेत ५९ डोल्पा ः जीवनबहादुर शाही ६० मुगु ः हसन अन्सारी ६१ जुम्ला ः गगनकुमार थापा ६२ कालिकोट ः लक्ष्मी परियार ६३ हुम्ला ः बहादुर सिंह (लामा) तामाङ ६४ जाजरकोट ः प्रदीप पौडेल ६५ दैलेख ः गोविन्द भट्टराई ६६ सुर्खेत ः श्यामकुमार घिमिरे ६७ बाँके ः मीन विश्वकर्मा ६८ वर्दिया ः डा. चन्द्र भण्डारी ६९ बाजुरा ः दिलेन्द्रप्रसाद बडू ७० अछाम ः हृदयराम थानी ७१ बझाङ ः आनन्द (गोरख) विष्ट ७२ डोटी ः नविन्द्रराज जोशी ७३ कैलाली ः रमेश लेखक ७४ दार्चुला ः बद्रीप्रसाद पाण्डे ७५ बैतडी ः अतहर कमाल मुसलमान ७६ डडेल्धुरा ः एन.पी. साउँद ७७ कञ्चनपुर ः अजयकुमार चौरसिया