राजेन्द्र प्रसाद पाठक । लेखक आर्यावत (भारतवर्ष ) युवा समाज नेपालका अध्यक्ष हुन् ।

दृष्टिकोण

सबै मित्र राष्ट्र , भारत परम् मित्र राष्ट्र हो ।

By Bala Adhikari

July 25, 2017

मेरा पिता हजार भन्दा बढी मितहरु छन् भन्नु हन्थ्यो । तर उहाँको अन्तिम अवस्था सम्मको संझनामा एकाध नामहरु मात्र कण्ठष्थ थिए । त्यसै भएर होला साँच्चिकै मित्र बन्न केमेष्ट्री नै मिल्नु पर्दछ । मानिसको जस्तै राष्ट्रको पनि मित्र राष्ट्रहरु हुन्छन् । सबैमा समभाव जरुरी होला । त्यसो भन्दा भन्दै पनि अन्तमा क्रमभावले महत्व राख्न पुग्दछ । यसको मतलव मानविय स्वाभाव नै राष्ट्रप्रधान बन्न पुग्दछ ।

सन्दर्भले उठान गर्न खोजेको बिषय तर्फ केन्द्रीत हुँदै गर्दा । हाल भारत , भुटान र चीन बिचको सिमा क्षेत्रमा पर्दै गरेको किचलोले हाम्रा दुई बिशाल छिमेकीहरु बिचको अन्र्तरद्वन्द चरम् उत्कर्षमा पुगेको छ । युद्धनै हुने परिस्थिती सम्म आई पुग्दा एउटा छिमेकी राष्ट्रले दुवैतर्फ अन्याय नहुने सोचको बिकास गर्नु जरुरी छ । यसको मतलव हाम्रो जस्तो देशले अपनाउने उपाए भनेको शान्तिपूर्ण बाटोबाट खोजिने स्थाई समाधान नै हो । यदी हामी मध्यस्थ बन्न सक्ने र पर्ने दुवै अवस्थामा यो सिद्धान्त वाहेक अन्यको चाहना पनि गर्नु हुन्न । हात हतियारको हाडबाजी र त्यसको अन्र्तराष्ट्रिय प्रबर्धनले अशान्तिलाई मलजल गर्ने काम शिवाय अन्य गर्नै सक्दैन । त्यस खालका अशान्तिले हाम्रो जस्तो विकाशोन्मुख देशलाई शताब्दी पछाडी धकेल्न सक्दछ ।

मानव अधिकारको अन्र्तराष्ट्रिय मुल्य र मान्यताले समेत त्यसैको वकालत गर्ने हुनाले मानवता बिरोधी गतिवीधी हुनु आफैमा दुर्भाग्यपूर्ण अवस्थाको श्रृजना हुनु हो । हामी कदापी मानवता बिरोधी गतिविधीको साक्षी बन्न सक्दैनौं । त्यसैकारण यूद्धको अबस्था श्रृजना हुनु भनेको भयावह परिस्थीतीको सामना गर्न तम्तयार हुनु हो । हामी त्यस्तो हुन दिंदैनौं । यूद्ध बिकाश बिरोधी हो , शान्ती बिरोधी हो , समृद्धि बिरोधी हो , मानवता बिरोधी हो , स्वतन्त्रता बिरोधी हो , सँभावना र श्रृजनाको बिरोधी पनि हो । त्यसैले कदापी मानवका लागी यूद्ध सहज हुनै सक्तैन । आहार , निन्द्रा , भय , र मैथुन यि चार स्वाभाव र गुण समग्र प्राणी पशु चराचर सबैमा एकैनास हुने प्राकृतिक गुणहरु हुन् । मानव मात्र एउटा त्यस्तो प्राणी हो जसमा ज्ञान नामक एउटा सर्वगुण थपिएको हुन्छ । त्यसै कारण मानव ,मानव बन्न सफल भएको हो । अन्यथा ज्ञान नामक गुणाधी गुण हँदैनथ्यो भने मानव र पशुमा कुनै अन्तर हूँदैन । यस कारण मानवले ज्ञानलाई बढी महत्व दिनु जरुरी छ ।

तसर्थ मानवता बिरेधी दानविय र पशुवत् ब्याबहार भएका कारण यूद्धलाई ईन्कार गर्न सक्नु नै मानव धर्म हो । यती हुँदा हँुदै पनि हाम्रो आध्यात्मीक शास्त्रले दिर्घकालिन शान्ति र अमनचयनका लागी समाजको यूद्ध जस्तो अत्यन्त न्युन कोटीको ब्याबहारलाई पनि स्विकार गरेको छ । जसरी महाभारतको यूद्धमा भगवान कृष्णले उनका परम् हितैषी अर्जुनलाई मानव समाजको चिर स्थाई कल्याण र अमनचयनका लागी राजकिय कर्म गर्नेहरुले समाज , निमुखा र अन्यायमा पर्न लागेकाहरुको उद्धारका खातिर महाभारत जस्तो युद्धको परिकल्पना गर्नु भयो । सदाका लागी अन्यायको अन्त्य गर्ने अदभुत साचको निर्माण गर्ने दायित्वको निर्वाह गरेकै कारण हामी त्यस्ता पात्रलाई भगवान भनी यूग सम्मत अनुशरण गर्दछौं । त्यसैले मित्र र अन्याय परेकालाई साथ सहयोग दिनु आफैमा परम् धर्म पनि हो । धर्म , संस्कृती , संस्कार , परम्परा , निकटता , सहभाव , सदाचार , भाषा , भेष , भावना , नेपालको सेनपति भारतको मानार्थ सेनापति । भारतको सेनापति नेपालको मानार्थ सेनापति हुने परम्परा आदी भावलाई मध्यनजर गर्दा भारतवर्ष बासी हामी सबै मित्र हौं । मित्रहरुको पनि परम् मित्र नेपालका लागी भारत नै हो । यसो भन्दै गर्दा अन्यलाई टाढा राख्न खोजिएको भने कदापी होईन ।

हामी कुनै पनि हालतमा एकतर्फी हुनु हुँदैन । समभावको ब्याबहार गर्नु आजको प्रमुख आवश्यकता हो । हामी नेपालीहरु स्थाई रुपमा शान्तिप्रेमी बिरहरुको समुह हौं । अन्यायको साक्षी हामी बन्नु पनि नहुने भएकै कारण न्याएको पक्षलाई मध्यनजर गर्दै शान्तिपूर्ण सम्झौताबाट नै स्थाई शान्ति कायम गर्न छिमेकी देशलाई अग्रसर रहने सुझाव दिन सकिन्छ । अस्तु ।