आर्थिक

अस्ट्रेलियाको फेसबुकमा हुन्डीमा होडबाजी

By Bala Adhikari

January 04, 2019

नेपाल प्रहरीको निगरानी

अस्ट्रेलियामा मौलाएको हुन्डी ब्यवशाय यतिखेर फेसबुकमा छरपस्ट खुलेआम रुपमा लिलाम बढाबढ रुपमा आउन थालेपछि नेपालमा बसेर अनलाइन र फेसबुक भाइबरको माध्यमवाट हुन्डी चलाइरहेकामाथि प्रहरीकोे निगरानी प्रारम्भ भएको छ ।

यतिखेर नेपाली समाज भित्र हुन्डीको ठगीको प्रकरणहरु सार्वजनिक भैरहँंदा खुलेआम फेसबुक र सामािजक सन्जालमा आजको रेट र भाउ बढ्यो अनि पैसा पठाउनुहोस सस्तोमा लगायत बिभिन्न काम र सामाजिक नाममा खोलिएको फेसबुक एकाउन्ट मार्फत सार्वजनिक हुँंदा प्रहरीले यसको सुक्ष्म निरीक्षण आरम्भ गरेको हो ।

नेपालको कानुनमा बर्जित हुन्डी ब्यवशायहरु बिदेशमा बसेर खुलेहाम नेपालमा पैसा पठाउने भन्दै समाजिक सन्जालको खुलेआम दुरुपयोग भैरहेपछि प्रहरीले नेपालमै बसेर भाइबर मार्फत र बिदेशमा बसेर नेपालमा जालो जोडिएको हुन्डीका बिषयमा चासो देखाएको हो ।

यतिखेर करिब तिन करोड रुपैया अस्ट्रेलीयावाट नेपाल जाने हुँंदा सबै पैसा हुन्डी मार्फत जाने र यसरी समाजिक सन्जालको माध्यमवाट हुन्डी गरेका कारण कयैन ठगिएको घटना समेत सार्वजनिक भएका छन । यस्ता अनेकन घटनाहरु बाहिरिदै गर्दा अस्ट्रेलियाको नम्बरको खुलेआम प्रयोग गरेपछि प्रहरीको आखाँं हुन्डीतर्फ परेको हो ।

अहिले सिडनीमा करिब एक दर्जन फेसबुके हुन्डीहरु सन्चालनमा छन भने यीनीहरु दिनहुँं खुलेआम फेसबुकमा आजको रेट र सस्तोमा यती र उती भन्दै यहाको नम्बर सहित सम्पर्कको आग्रह गर्दै पोष्ट गर्ने गर्छन । यीनीहरुले फेसबुकमा मार्फत पठाएको पैसा नेपाल नभइ हङकङ र चीनतर्फ जाने गर्छ ।

मेलवर्नमा भर्खरै एक जना बिध्यार्थी हुन्डीवाट ठगिएपछि एनआरएन समेत यसको विरोधमा उत्रेको थियो ।