जिल्ला-विशेष

अनुसन्धान प्रक्रियामा ढिलाई भएको भन्दै आन्दोलन

By Bala Adhikari

July 26, 2017

भोजपुर, साउन ११ । गत असार १२ गते बिहान मृत अवस्थामा भेटिएका भोजपुरको अरुण गाउँपालिका वडा नं ३ प्याउलीका तीन बालबालिकाको घटनाबारे अनुसन्धानमा ढिलाई भएको भन्दै स्थानीयले आन्दोलन गरेका छन् ।

अनुसन्धान प्रक्रियामा ढिला भएको भन्दै गत शनिबार चक्काजाम गरेका त्यहाँका स्थानीयले मंगलबार अरुण गाउँपालिका भित्रका सबै कार्यालयहरु ठप्प बनाएका थिए । पीडित परिवारका लागि क्षतिपूर्तिको माग गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै स्थानीय आन्दोलनमा उत्रिएको संघर्ष समितिका सदस्य इन्द्र फुँयालले बताए ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा र चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा फुँयाल तथा ८ वर्षीय छोरा प्रदीप फुँयालमुर्याङडाँडा पोखरीमा मृतावस्थामा भेटिएका थिए ।

उनीहरुको घटनामा कुनै पनि अनुसन्धान नभएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको स्थानीयले बताउँछन् भने जिल्ला प्रहरी कार्यालय भोजपुरले घटनाको विषयमा तीव्ररुपमै अनुसन्धान गरिरहेको जनाएको छ ।