काठमाडौँ, २५ पुस । जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै ९२ वर्षीय नेम्वाङको निधन भएकामा दुःख व्यक्त गरेका हुन् ।
कांग्रेसले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरुप्रति समवेदना व्यक्त गरेको छ ।
कांग्रेसका सक्रिय सदस्यसमेत रहेका स्व नेम्वाङले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वर्गीय नेम्वाङका तीन छोरा र दुई छोरी रहेका छन् ।