dflyNnf] tfdfsf]zL cfof]hgf bf]nvfsf] nfdfau/df lgdf{0ffwLg $%^ d]ufjf6 Ifdtfsf] dflyNnf] tfdfsf]zL cfof]hgfsf] afFw:yn . tl:a/ M uf]s0f{k|;fb e08f/L, bf]nvf, /f;;

आर्थिक

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवारको प्रारम्भ

By Bala Adhikari

January 13, 2019

काठमाडौँ, पुस २९ । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवारको प्रारम्भ भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो । नेपाल टेलिकमपछि शेयर संख्याका आधारमा सो आयोजनाको शेयर संख्या ठूलो रहेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको हाल ९७ प्रतिशत भौतिक निर्माण सकिएको छ । आगामी कात्तिकदेखि व्यावसायिक उत्पादनको थालनी गर्ने तयारी गरेको छ । सेन्ट्रल फाइनान्सले आफ्ना शेयरधनीलाई सात प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट हालको चुक्ता पू्ँजीको सात प्रतिशतले हुने रु पाँच करोड ७६ लाख ३७ हजार ८५० लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको सधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

यसैगरी ओम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव ७० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४÷७५ को नाफाबाट उक्त प्रस्ताव गरिएको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभाबाट उक्त प्रस्ताव पारित गरि शेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । त्यस्तै स्टकमा कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरिएको छ । कम्पनीले आठ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेलगत्तै प्रतिकित्ता रु ९१२ मा मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको औसत शेयर मूल्य रु ९९४ रहेको छ ।

स्टकले साहारा विकास बैंकको धितोपत्र सूचीकरण फुकुवा गरेको छ । धितोपत्र बजारको मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्ने कानूनी प्रावधानअनुसार सो सङ्गठित संस्थाले कार्य गरेको नदेखिएकाले स्टकले केही दिन पहिले स्पष्टीकरण माग गरेको थियो । स्टकले कानूनमा रहेका व्यवस्था तोकिए बमोजिम गर्न र त्यस्ता गल्ती नदोहो¥याउन सचेत गराउँदै धितोपत्र सूचीकरण फुकुवा गरेको स्टकका सूचीकरण शाखाका कायममुकायम सहायक प्रबन्धक सुवोध ढुङ्गेलले जानकारी गराए ।