आर्थिक

घरायसी प्रयोजनमा विद्युत चोरी गर्नेलाई कारवाही

By Bala Adhikari

January 18, 2019

लमही, माघ ४ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले चालू आर्थिक वर्षको अहिलेसम्म पोलबाट विद्युत चोरी गरी घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारीएको र उक्त घरधनीलाई पक्राउ गरिएको समेत केन्द्र प्रमुख दीपकजङ्ग चौधरीले जानकारी गराएका छन् ।

उनका अनुसार पक्राउ परेका व्यक्तिलाई विद्युतीय सामग्री प्रयोगको आधारमा रु दुई हजारदेखि रू ८३ हजारसम्म जरिवाना गर्दा रु चार लाख ६१ हजार १२० राजश्व सङ्कलन भएको केन्द्रका प्रशासन प्रमुख युवराज विष्टले बताए ।

पछिल्लो समय विद्युत् चुहावट रोक्नका लागि धेरै जसो केन्द्रले अनुगमनलाई तीव्रता दिँदै आएको बताइएको छ ।