कभर स्टोरी

महासंघद्वारा सञ्चारकर्मी ढकालको हत्याप्रति भत्र्सना

By Bala Adhikari

January 20, 2019

काठमाडौँ, माघ ६ । नेपाल पत्रकार महासंघले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासंघ स्तब्ध भएको बताएका छन् । महासंघ हत्याको भत्र्सना गर्दछ र घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । सञ्चारकर्मी ढकाललाई हेटाँैडा–१ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस २५ गते साँझ फेला पारिएको थियो ।