राजु थापा, क्यानडा । २२ जनवरी, २०१९
क्यानेडियन च्यारिटी संथा “एक्सेस कम्यूनिटि क्यापिटल फण्ड” ले गत साता टोरोण्टोमा क्यानडामा आई बसोबास गर्ने सक्षम नब आगन्तुक नेपाली समूदायका सदस्यहरुका लागि बिभिन्न क्षेत्रमा आर्थिक लगानिका लागि सूचना मूलक कार्यक्रम गरेको छ । खासगरि क्यानडामा दश बर्ष सम्म बसोबास गर्ने नेपाली पिआर तथा सिटिजन लिईसकेकाहरुका लागि लक्षित गरेर उक्त कार्यक्रम गरेको हो ।
आफु संलग्न पेशा, ब्यबसाय, अनुभव, क्षमता लगायत अन्य बिषयमा कोहि कसैले आफ्नो चाहना र उद्धेश्य अनुरुप काम गर्नका लागि आर्थिक अभाब भएकाहरुका लागि बढिमा क्यानेडियन डलर १५,००० सम्म लोन सहयोग गरि आबस्यक सुझाव सल्लाह पुर्याउने जानकारी कार्यक्रममा गराएको थियो । उक्त सहयोग लिनका लागि भने निबेदन कर्ताहरुको क्यानेडियन रेभिन्यू एजेन्सीको रेकर्ड चेक लगायत आम्दानीको मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । यसको अलावा एक्सेस कम्यूनिटि क्यापिटल फण्डले आर्थिक कारोबार सम्बन्धि जस्तै ट्याक्स सेभिंग एकाउन्ट, क्रेडिट नंम्बरमा कुनै असर नगर्ने गरि क्रेडिट स्कोर चेक गर्ने तरिका लगायत लोन सम्बन्धि अन्य जानकारीमूलक कार्यक्रम गर्दछ ।
कार्यक्रममा “एक्सेस कम्यूनिटि क्यापिटल फण्ड” कि कार्यकारी निर्देशक मोना इल्साएह, कार्यक्रम संयोजक भर्नि टाएलानले एक्सेसले गर्ने कार्यहरुको बारेमा जानकारी गराएका थिए । साथै भविष्यमा संथाले नेपाली समूदायको आबस्यकताका आधारमा अन्य सूचना र सहयोगि मूलक कार्यहरु गर्न अग्रसर हुने पनि जनाएका छन् । कार्यक्रमको अन्तमा आफ्नो धन्यवाद मन्तब्य राख्दै एनसीसीएसका अध्यक्ष बिदुर केसीले यस्ता कार्यक्रमहरु बाट समूदायका सदस्यहरुलाई ठूलो सहयोग पुग्न जाने बताएका छन् भने महासचिव साबीत्रा थापाले कार्यक्रमको संचालन गरेकि थिईन् । एनसीसीका सल्लाहकार डा.तुल्सी धरेलको पहलमा सो कार्यक्रम सम्पन्न भएको थियो भने रियल्टर बाबु कडेलले हल लगायत अन्य सहयाेग गरेका थिए ।