मनोरञ्जन

हरर फिल्म ‘घर’ फ्लोरमा

By Bala Adhikari

January 23, 2019

काठमाण्डौ, माघ ९ । अभिनेता अर्पण थापाले निर्देशन गर्न लागेको फिल्म ‘घर’ को छायांकन सुरु भएको र उक्त फिल्मको सम्पुर्ण जिम्मेवारी सम्हालेका छन् । यो फिल्म हरर कथामा निर्माण हुने बताइएको छ । नेपालमा हरर फिल्म एकदमै न्यून रहेता दर्शकलाई नयाँ टेस्ट दिने जर्मको गरेका छन् ।

फिल्मको छायांकन काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै शुभारम्भ गरिएको हो । अर्पण स्वयंको प्रमुख भूमिका रहने फिल्म उनकै कथामा आधारित भएर बन्न लागेको हो । फिल्ममा अर्पणका साथमा नायिकाद्वय वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहने बताइएको छ ।

चलचित्रलाई २०दिन लगाएर खिचिनेछ र यसमा लगानी शर्मिला पाण्डेको रहेको छ । बुढानिलकण्ठ आसपासमै फिल्म खिचिने निर्मातामध्येका एक दिपेन्द्र के खनालले बताए । निरज कँडेलको छायांकनमा रहने फिल्म हेरौं कस्तो हुनेछ ।