कसैलाइ के को धन्दा कसैलाइ के को धन्दा घरज्वॉइ लाइ खानाको धन्दा भन्ने उक्ति चरितार्थ भएको आज संचार मन्त्रालयमा देखियो।
सुचना तथा संचार मन्त्रालय सिहंदरबार मा संचार मन्त्री मोहन बहादुर बस्नेतलाइ बधाइदिन गएका एक जना कार्यकर्ता ले मन्त्रीको कार्यकक्षको उतरतर्फ स्टान्डमा झुन्ड्याइएको खादा धमाधम स्ट्यान्ड बाट निकालेर पट्याउदै पकेटमा हाल्दै थिए ति सज्जन पुरुषले खादा बोक्दै गरेको देखेर एक जना महिलाले पनि खादा आफुले बोकेको लेडीज़ ब्याग मा कोच्न थालिन ति दुइजना भद्र महिला पुरुषले खादा चोर्ने होडबाजी गरेको देखेपछि त्यहा उपस्थित केही मान्छेहरु खासखुस गरेर हॉस्दै थिए तेतिकैमा एकजना मान्छेले किन खादा पकेटमा हाल्नुभएको बरु मागेर एउटा झोलामा राखेर लानुनी?
………..लाइ भन्दा देख्नेलाइ लाज भनेजस्तै ति भद्र पुरुष ले जबाफ दिए यो खादा मन्त्रीलाइ के काम ? बरु हामिले लगेउ भने अर्को मन्त्रालयमा गएर मन्त्री लाइ लगाइदिन किन्नु त पर्दैन आर्य घाटमा मरेका मानिसलाइ ओढाइएका खादा सड़क बालबालिकाले टिपेर पसल पसलमा सस्तोमा बेचिहिडेका हुन्छन र तेही खादा पसलेसंग किनेर अरुलाइ ओढाइन्छ यो त मंन्त्रीले ओढेको के हुन्छ त भन्दै सहज तरीकाले लाजै नमानी उतर दिए उन्को जबाफले सबै जना हॉस्न थाले मन्त्री को कार्यकक्ष हॉसोले गुञ्जिएपछि अर्को कोठामा मिटिङमा बसिरहेका मन्त्री उठेर आफ्नो कार्यकक्षमा आई के भयो ? के को हाँसो चल्यो भनेर सोध्दा एक जना भेट्न आउने अछाम तिरका व्यक्तिले खास केही होइन आफ्नै कुराले हाँसेको भन्दै कुरा टारे । विचरा खादा चोरि भएको कुरा मन्त्रीले पत्तै पाएनन् ।