मनोरञ्जन

‘सानो मन’ मा आयुष्मान र शिल्पाको जोडी

By Bala Adhikari

January 25, 2019

काठमाण्डौ, माघ ११ । चलचित्र ‘सानो मन’ मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने छ । उक्त फिल्मको शुभ मुहूर्त बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा गरिएको छ । मुहूर्तसँगै फिल्मको छायांकन पनि प्रारम्भ भएको छ ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्ममा हङकङ निवासी सुयोग गुरुङको एक्सन(कट रहनेछ । यो फिल्म म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन् ।

यस फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । आलोक शुक्लाले फिल्म खिच्नेछन् ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा कोरियोग्राफी साजन सिंहको रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ ।