काठमाडौ र धादिङ हुन्डीको हब
सोमनाथ शर्मा अस्ट्रेलियामा मौलाएको हुन्डी ब्यवशाय यतिखेर फेसबुकमा छरपस्ट खुलेआम रुपमा लिलाम बढाबढ रुपमा आउन थालेपछि नेपालमा बसेर अनलाइन र फेसबुक भाइबरको माध्यमवाट हुन्डी चलाइरहेकामाथि प्रहरी मुकदर्शक बनेको छ । काठमाडौको सेरोफेरोमा रहेर अस्ट्रेलियामा सहयोगीको माध्यमवाट खुलेआम फोन र समाजिक सन्जालको माध्यमवाट हुन्डी चलाइरहँंदा पनि काठमाडौ र धादिङको प्रहरी मुकदर्शक बनेको छ ।
यतिखेर नेपाली समाज भित्र हुन्डीको ठगीको प्रकरणहरु सार्वजनिक भैरहँंदा खुलेआम फेसबुक र सामािजक सन्जालमा आजको रेट र भाउ बढ्यो अनि पैसा पठाउनुहोस सस्तोमा लगायत बिभिन्न काम र सामाजिक नाममा खोलिएको फेसबुक एकाउन्ट मार्फत सार्वजनिक हुँंदा प्रहरीले यसमा निगरानी नबढाउदा धन्दावालहरु दिनहुँ उत्साहित भएका छन । पहिले अस्ट्रेलिया बस्ने र अहिले काठमाडौ वरपर धादिङ लगायतको एरियामा बसेर हुन्डी चलाउदै आएकी रसिना सिंखडाले यसरी फेसबुकमा खुलेआम हुन्डीको आब्हान गरेकी छिन । सिंखडा पात्र मात्र हुन यस्तै अन्य कयैन रेमिट्यान्स र अन्य काम धन्दाका नाममा फेसबुक मार्फत ुहन्डी चलाउनेहरुको बिगबीगी छ सिड्नीमा । नेपालको कानुनमा बर्जित हुन्डी ब्यवशायहरु बिदेशमा बसेर खुलेआम नेपालमा पैसा पठाउने भन्दै समाजिक सन्जालको खुलेआम दुरुपयोग भैरहेपछि प्रहरीले नेपालमै बसेर भाइबर मार्फत र बिदेशमा बसेर नेपालमा जालो जोडिएको हुन्डीका बिषयमा चासो देखाएको हो । यतिखेर करिब तिन करोड रुपैया अस्ट्रेलीयावाट नेपाल जाने हुँंदा सबै पैसा हुन्डी मार्फत जाने र यसरी समाजिक सन्जालको माध्यमवाट हुन्डी गरेका कारण कयैन ठगिएको घटना समेत सार्वजनिक भएका छन । यस्ता अनेकन घटनाहरु बाहिरिदै गर्दा अस्ट्रेलियाको नम्बरको खुलेआम प्रयोग गरेपछि प्रहरीको आखाँं हुन्डीतर्फ परेको हो । अहिले सिडनीमा करिब एक दर्जन फेसबुके हुन्डीहरु सन्चालनमा छन भने यीनीहरु दिनहुँं खुलेआम फेसबुकमा आजको रेट र सस्तोमा यती र उती भन्दै यहाको नम्बर सहित सम्पर्कको आग्रह गर्दै पोष्ट गर्ने गर्छन । यीनीहरुले फेसबुकमा मार्फत पठाएको पैसा नेपाल नभइ हङकङ र चीनतर्फ जाने गर्छ । मेलवर्नमा भर्खरै एक जना बिध्यार्थी हुन्डीवाट ठगिएपछि एनआरएन समेत यसको विरोधमा उत्रेको थियो । नाम र फोन नम्बर अनि भाइब।र एड्रेस राखेरै खुलेआम हुन्डी गर्दा पनि नेपाल प्रहरी भने मुकदर्शक बन्नु नहुने र कारबाहीको दायरा लाउनु पर्ने माग बढेपछि प्रहरी मैदानमा उत्रेको हो । धादीङतिर बसेर हुन्डी चलाउदै आएकी रसिना सिंखडा र नमस्ते रेमिटयान्सको नाममा अस्ट्रेलिया र नेपालमा खुलेआम धन्दा चलाउदै आएकी छिन । उनी नेपाल बस्ने र उनको साथी पवन शाह अस्ट्रेलियाको मेलवर्नमा बसेर हुन्डी चलाउदै आएको एउटा उदाहरण मात्र हुन । शाहले खुलेआम हुन्डी मार्फत दिनहुँं लाखौ रकम उठाउने र सिंखडाले नेपालमा ब्यबस्थापन गर्ने गर्छन । यस्ता कयैन हुन्डीवालहरु अस्ट्रेलियामा खुलेआम समाजिक सन्जालको माध्यमवाट निर्वाध रुपमा हुन्डी चलाउदै आएका छन । खुलेआम हुन्डी चलाउदै आएको अस्ट्रेलियावाट यतिखेर दिनहुँं चार करोड रुपैया गैरकानुनी धन्दा मार्फत नेपाल भित्रिने गरेको छ । प्रहरी मुकदर्शक हुँंदा अस्ट्रेलियामा हुन्डीवालहरु मौलाउने मौका पाएका छन ।