nc news

ऐन महरलाई नेविसंघका केन्द्रिय सदस्य थापाको चुनौति : भिड्ने भए तपाईको अखडामा आउँछौ

By Bala Adhikari

January 27, 2019

काठमाडौँ, माघ १३ । नेपाली कांग्रेसका युवा नेता, केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री गगन थापालाई अनेरास्वविय का महासचिव ऐन महरले भिड्ने भए त्रिचन्द्र क्याम्पस आउनु भनेर दिएको अभिव्यक्ति प्रती आक्रोसित हुँदै नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य मनिष जङ थापाले भिड्ने नै मन भए आफ्नो अखडामा होइन तपाई को अखडामा आउछौ तयार रहनुस भनेर चुनौती दिएका छन् ।

कम्युनिस्टहरुले दुइ तिहाइ को दम्भमा मेडिकल माफियाको चाहना अनुरुप चिकित्सा बिधेयक पारित गर्न खोज्दा नेपाली संसद अबरुद्ध गर्दै आएको थियो । यसै बिसयमा गगन थापा को बिरोध गर्दै महर ले चेतावनी पुर्ण बक्तब्य दिएका थिए । महासचिब महरलाई चेतावनी दिदै नेता थापाले भनेका छन भिड्ने नै मन भए तपाइले बोलाएकै ठाउमा आउन तयार छौ चाहे त्यो अस्कल होस चाहे आर आर क्याम्पस होस ।

बागबजार को गल्ली भित्र लुकेर सेरलाई न जिस्क्याउन पनि नेता थापा ले चुनौती दिएका छन् । गगन थापालाई महरले दिएको अभिव्यक्तिप्रति अहिले चर्को आलोचना भइरहेको छ । महरको अभिव्यक्तिको सामाजीक संजालमा चौतफि आलोचना भई रहेको छ ।

उनको अभिव्यक्ति सरकार र सत्ताको आडमा भएको र उनी जस्ता नामर्दा मान्छेले गगनको केहि विगार्न नसक्ने समेत अभिव्यक्ति समेत आएका छन् । गगनलाई चुनौति दिए आफु चर्चामा आउने र सबैले चिन्ने मौका पाउने उनको महराको मनशाय देखिन्छ ।