कभर स्टोरी

भारत सरकारद्वारा पाल्पाको बगनासकालीलाई एम्बुलेन्स हस्तान्तरण

By Bala Adhikari

January 27, 2019

बेझाड, माघ १३ । भारत सरकारले पाल्पाको बगनासकाली गाउँपालिकामा रहेको चापपानी स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । भारतको ७०औँ गणतन्त्र दिवसको अवसरमा शनिबार स्वास्थ्यचौकीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको छ ।

भारतीय राजदूत मञ्जितसिंह पुरीले काठमाडौँमा भएको कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र स्वास्थ्य शाखा संयोजक मणि अधिकारीलाई संयुक्तरूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।

अध्यक्ष बस्यालले एम्बुलेन्स सेवा शुरु भएपछि बिरामी, सुत्केरी महिला र अन्य बिरामीलाई नियमितरूपमा एम्बुलेन्स सेवा प्रदान गरिने बताएका छन् ।