कभर स्टोरी

आमाले दिएको फुली हराएपछि संचारकर्मी अनिता विन्दुको विलौना

By Bala Adhikari

July 31, 2017

नेपाली हिन्दू नारीहरुको महत्वपूर्ण चार्ड तिज नजिकिएसँगै बजारमा धमाधम तिजका एल्वमहरु आइरहेका छन् । तिजलाई लक्षित गर्दै हरेक बर्ष विभिन्न गायक गायिकाहरुले तिज कोसेली लिएर आउने गर्दछन् । यसै क्रममा नेपाल टेलिभिजनकी लोकप्रिय सामाचार वाचिका तथा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दुले पनि तिज गीत लिएर आएकी छिन् ।

हरेक वर्ष तीजका गीतबाट सांगेतिक भेट गर्दै आएकि अनिता विन्दुको बजारमा अहिले निकै चर्चामा छिन् । आफनै स्वरमा प्यारो माइती नामक एल्बम बजारमा लिएर आएकी विन्दुलाई आमाले दिएको फुलि हराएपछि निकै नै चिन्ता परेको छ । उनले आफ्नो तिज गीतमार्फत आमाले दिएको फुली हरायो भन्दै गीतमा आफना विलौना पोखेकि छिन । उनले आफ्नै स्वरमा सजीएको लोकनाथ सापकोटाको शब्द तथा लयमा प्यारो माईती नामक एल्बम बजारमा ल्याएकि हुन् ।

पेशाले नेपाली पत्रकारिता क्षेत्रमा स्थापित अनिता विन्दुले यस बर्षको आफ्नो एल्बम युट्यूब मार्फत सावजनिक गरिसकेकी छिन् । उनको यो पहिलो एल्बम भने होइन । उनले हरेक वर्ष दर्शक श्रोताका लागि तिजका गीती एल्बम पस्कने गरेकी छिन् । यो भन्दा पहिले पनि उनले लोकमणी सापकोटाकै लय शब्दमा म मन पराईन लाईन बरिलै नामक तीज गीत बजारमा ल्याएकि थिईन । उनी आफुले खासगरी नेपाली मौलिकता बोकेको तिजमा देशभरका नारीहरुलाई तिजको उपहार स्वरुप गीतहरु ल्याएको बताइन् ।

उनले आफ्नो रुचीको क्षेत्र गायन पनि पर्ने भएकाले प्रयाश मात्र गरेको बताइन् । सबै दर्शक श्रोताको माया पाउनेमा उनी ढुक्क छिन् । उनको गीतलाई अहिले नेपाली संचारमाध्यमहरुमा पनि निकै प्राथमिकताका साथ प्रसारण गरिएको छ । उनको यो गीत युट्यूबमा पनी निकै रुचाईएको छ ।