nc news

निर्वाचनको मूखमा नेबिसंघ बिघटन गर्नुहुँदैन : डा शेखर कोइराला

By Bala Adhikari

February 07, 2019

काठमाडौं, माघ २४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महासमिती बैठकमा प्रस्तुत राजनितीक प्रस्तावमा संसद पुनस्थापनाको प्रशंग कहींकतै उल्लेख नहुनु दुखद कूरा भएको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आफ्ना  कुरा राख्दै कोइरालाले यसले स्व गिरिजाप्रसाद कोइरालाको अपमान गर्ने काम गरेको प्रस्ट्याएका छन् ।

संसद पूनस्थापना नभएको भए न गणतन्त्र आउँथ्यो न संघियता आउँथ्यो भन्दै उनले भने, आज प्राप्त सबै उपलब्धीहरू त्यही पूनस्थापित संसदको जगमा भएको हो । उनले ७७ वटै जिल्ला सभापती र अधिकांश महासमिती सदस्यहरू समेतले उठाएको मूद्दाको संबोधन गरिनु पर्नेमा जोड दिएका छन् । केन्द्रिय समितीमा रहेका सबैजना बुथबाटै निर्वाचित हूने प्रावधान राखिनु पर्ने उनको धारणा छ । कोइरालाले केन्द्रिय समितिमा रहेकाहरूले आफू अनूकूल नियम बनाउँदा बिधी र प्रक्रियामाथी बलमिच्याइँ भएको प्रष्ट पारेका छन् ।

दोस्रो- समावेशी कोटाबाट एकपटक मात्रै केन्द्रिय समितीमा चुनाव लड्न पाउँने ब्यवस्था कायम गरिनुपर्ने उनले बताए । एकै ब्यक्ती पटक-पटक समावेशी कोटाबाट चूनाव लड्दा नयाॅ ब्यक्ती कसरी केन्द्रिय समितीमा आउन सक्छ भनी उनले प्रश्न समेत गरेका छन् । बिधानको धारा ७२ (४) अनूसार तत्कालै प्रादेशिक, क्षेत्रिय, प्रदेश र स्थानिय तह स्तरिय बिधान अनूसार नै निर्वाचनको माध्यमबाट गठन गरिनु पर्नेमा जोड दिएका छन् ।

तदर्थबादले अब संगठन नचल्न धारणा राख्दै उनले भने बिधानले दिएको समय सिमा भित्रै (२०७६- फागुन भित्रै) १४औं महाधिवेशन सम्पन्न गरिनुपर्छ। कोइरालाले दुई तिहाईको आडमा सरकारले संसदबाट कम्युनिष्ट मैत्री एेनहरु ल्याईरहेको औंल्याएका छन् । त्यस्ता कार्यहरूको शसक्त बिरोध गर्नुपर्ने उनको धारणा छ । अर्कोतर्फ समायोजनका नाममा अहिले लोकतन्त्र पक्षधर कर्मचारीहरूलाई दुख दिने काममा सरकार सक्रिय भएको उनले बताएका छन् । कर्मचारी समायोजनका विषयमा नेपाली कांग्रेसको उचित धारणा आवश्यक रहेको प्रष्ट्याउदै उनले भने, सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको छ ।

वाईडबडी, बूढीगण्डकी, मेलम्ची जस्ता बिषयमा चरम् भ्रष्ट्राचार भएको बताउँदै उनले भने नेपाली काँग्रेस रमिते बनेर बस्नु हुँदैन । यसलाई कांग्रेसले जनतासमक्ष लैजान जरूरी रहेको उनले बताएका छन् । जतिवेला सुशील कोइरालाले नेबिसंघ विघटन गरे त्यती वेला पनि आफुले निर्वाचित संस्थालाई भङ्ग गर्न नहुने बताएको स्मरण गराउँदै उनले भने सभापतीले प्रधानमन्त्रीसँग निर्वाचनका विषयमा छलफल भइरहेको छ भन्ने सुनियो तर निर्वाचनको मूखमा नेबिसंघ बिघटन गर्दा राम्रो सन्देश जाॅदैन। यसका लागि कांग्रेस भित्र आन्तरिक गृहकार्य गरी निर्वाचनमार्फत नै नयाँ नेतृत्व चिन्नुपर्ने उनले बताएका छन् ।