कभर स्टोरी

अस्ट्रेलियामा बीएमडब्लुले बक्स अफिस फिल्म फेयर अवार्ड हुने

By Bala Adhikari

February 14, 2019

नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा आयोजना हुदै आएको नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको ११औ संस्करण अस्ट्रेलियामा आयोजना हुने भएको छ । बेलायतमा दशौं संस्करण सम्पन्न भएको यस अवार्डको एघारौ संस्करण अस्ट्रेलियामा विगत लामो समयदेखि संचालित शैक्षिक संस्था बि.एम.डब्लु एजुकेशनल कन्सल्टेन्सीले आयोजना गर्ने भएको हो ।

 राष्ट्रिय अन्तराष्ट्रीय बजारमा नेपाली चलचित्र र कलाकर्मीको पहुँंच बनाउने र नेपाली कला संस्कृतीलाई बिश्वमाझ फैलाउने उद्देस्यका साथ स्थापना भएको यो संस्थाले राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड, नेशनल बक्स अफिस म्यूजिक अवार्ड,ब्लकबस्टर चलचित्र अवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेशनल हिरो अवार्ड, बक्स अफिस च्याम्पियन कप तथा धार्मिक, सामाजिक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आईरहेको छ ।

विशेष गरी संस्थाले विदेशी भूमिमा नेपाली चलचित्रको अवार्ड आयोजना गर्ने र सामाजिक रूपमा विभिन्न रचनात्मक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्दै करिब एक हजार १२०० भन्दा बढी क्रियाशील सदस्यहरुलाई यसमा आबद्ध गर्न सफल भएको छ । संस्थाको स्थापनाको छोटो अवधिमा दुबई, बेलायत, सिंगापुर,अमेरिका, जापान र थाइल्यान्डमा आफ्नो शाखा संगठन समेत स्थापना गरेको छ ।

बक्स अफिस इन्टरनेशनल गु्रपको आयोजनामा युएई, थाईल्याण्ड, मलेसिया, सिगांपुर, बेलायत र कतारमा निरन्तर रूपमा अवार्ड कार्यक्रम संचालन गरी १० औं संस्करण पुरा गरीसकेको छ । आगामी अप्रिल ७ तारिखमा सिड्नीको मराना अडोटोरियम हलमा बक्स अफीस फील्म फेयर अवार्ड आयोजना गर्ने जमर्को गरेको छ । यस अवार्डको बि .एम.डब्लु एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा बि.एम.डब्लु. एभेन्टको प्रस्तुती रहने छ ।

आयोजक संस्थाका प्रबन्धक निर्देशक मणि सिलवालको अध्यक्षतामा इभेन्ट निर्देशक दिवस पोख्ररेलको संयोजकत्वमा सिडनीमा करिब छ महिनादेखि यसको तयारी सुरु गरिएको थियो

अवार्ड कार्यक्रमलाई भव्य र सभ्य बनाउन शिरिष बिक्रम थापा र अर्चना थापाले प्रमुख व्यवस्थापनको जिम्मा समेत लिने भएका छन । हामीले यसका लागि अन्इ सबै काम अगाडि सारी सकेका छौ, हल बुक भैसकेको छ भने होटल र कार्यक्रमका बारेमा भने चाडैनै टुंगो लगाउने काम भैरहेको छ , इभेन्ट निर्देशक दिवस पोखरेलले बताए । आयोजक बीएमडब्ुलु एजुकेशनका प्रमुख मणि सिलवालले अन्य तयारी भैसकेको र यसै हप्ता सबै कलाकारको भिषा लज गर्न सुरु गरिने बताए ।

नेपालबाट बक्स अफिस इन्टरनेशनल गु्रपको ब्यानरमा ग्लोबल एक्टर्स फेरेडेसनको व्यवस्थापनमा संस्थाको अध्यक्ष राम बहादुर सुवेदी (आर.के) को अध्यक्षतामा संस्थाको बरिष्ठ उपाध्यक्ष बरिष्ठ चलचित्रकर्मी सुरज आचार्यको संयोजकत्वमा संस्थाको महासचिव आरती बलामीले नेपालमा यसको तयारी अन्तिम चरणमा पुराइसकेका छन् । अवार्डलाई भब्य रुपमा सफल र आम दर्शकलाई भरपुर मनोरञ्जन प्रधान गर्न प्रसिद्ध र लोकप्रिय कलाकारहरूले आफ्नो  प्रस्तुती दिने भएको छ्न ।

अवार्डमा नृत्य ,गायन र हास्य प्रस्तुतीले दर्शकलाइ भरपुर मनोरञ्जन प्रधान गर्न लोकप्रिय हांस्यकलाकार केदार घिमिेरे माग्ने बुढा सांगीतिक रुपमा उचाइ थप्न बरिष्ठ संगितकार तथा गायक शम्भुजित बास्कोटा, गायक आनन्द कार्की र संगितकार गायक अर्जुन पोखरेलको सांगीतिक कार्यक्रम रहने छ । त्यसै गरि नृत्य तर्फ नायिका पुजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका दिपिका प्रसाईं, नायक धिरेन शाक्य , नायिका निता ढुगाना, नायिका स्वेता खड्का, बरिष्ठ नायक शिव श्रेष्ठको बेजोड प्रस्तुति रहने बिश्वास लिइएको छ ।

११ औ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डलाई भब्य र सभ्य रुपमा सफल पार्न अमेरिका बाट अभिनेता राज बल्लभ कोइराला, जीवन लुइँटेल, सुमन सिंह, निर्देशकको नारायण पुरी लगायत थुप्रै लोकप्रिय कलाकारहरुलाई अवार्डमा निमन्त्रणा दिएको छ । साथै यस अवार्डको वरिष्ठ निर्देशक तुलसी घिमिरेको ९ सदस्य निर्णायक समितिले विभिन्न ३२ विधामा अवार्डको छिनोफानो लगाउने छ भने अवार्डमा २०७४ चैत्र मसान्तसम्म प्रदर्शनमा आएका ८३ चलचित्रले आफ्नो अवार्डमा प्रतिस्पर्धा गरेका छन् ।