कभर स्टोरी

शेरधन राईको हेलि मोह

By Bala Adhikari

February 17, 2019

काठमाडौँ, फागुन ५ । सम्बृद्धिको पाइला अगाडी बढाई रहेको सरकार पूर्ण रुपमा सम्बृद्ध भई सकेको महसुस जनताले देख्न र भोग्न पाएका छन् । जनताको नैसर्गिक अधिकार ने हनन् गर्ने पक्षमा रहेको यस सरकारका प्रतिननीधि पात्रहरुललाई भने अमन चैन र विलाशी जीवन जिउनु मा नै मज्जा छ । सरकारको ढुकुटि रीत्याउँदै रवाफ छाटेर हिड्नलार्ई चाहि सरकारले छुट नै दिएको छ ।

यस्तै शैलिमा देखिए भोजपुर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । उनले गृह जिल्ला भोजपुरमा हेलिकप्टर चढेर शनिबार चारवटा कार्यक्रममा प्रमुख अतिथी बन्न सफल भए । मुख्यमन्त्री राईले पूर्वी पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मास्थित चौथो भोजपुर ट्रेल रेस उद्घाटन, मीरा राई बहुउद्देश्यीय भवनको शिलान्यास, एकीकृत स्वास्थ्य शिविर र गाउँपालिका केन्द्र च्याङ्ग्रेस्थित किरात राई दुङ्माली भाषासंस्कृति संग्राहलयको शिलान्यास गर्नका लाागि लाखौैं रकमको दुरुपयोग गर्दै ठाटिएर कार्यक्रममा प्रमुख अतिथीको भमिका निभाए ।

प्रदेश र प्रतिनिधीसभाको चुनावपछि पहिलोपटक पौवादुङ्मा गाउँपालिका पुगेका मुख्यमन्त्री राईले भोजपुरलाई प्रदेश १ सरकारले समृद्धिको प्राथमिकतामा राखेको जानकारी गराउँदै गर्दा आफु आते जाते गर्दा कति रकमकाु दुरुपयोग गरे भनेर चाँहि बताउन भ्याएनन् । विकास निर्माणलाई तीव्र रुपमा अगाडि बढाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै गर्दा विकासको नाममा आएको रकम कति यस्ता अनावस्यक शिर्षकमा सकिए भन्न पनि भुले उनले । मुख्यमन्त्रीसंगै अतिथी बन्न पुगेका भोजपुर प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले भोजपुरको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना अगाडि बढाएको जनतालाई जानकारी गराउन भयाए ।

विश्व अल्ट्रा धावक मीरा राईको जन्मथलोमा सानोदुम्मास्थित मीरा राई बहुउदेश्यीय भवन शिलान्यास गरी मुख्यमन्त्री राई हेलिकप्टर चढेर करिब ७ किलोमिटरको दूरीमा पर्ने गाउँपालिका केन्द्र नजिकैको संग्राहालय शिलान्यास गर्न पुगेका थिए । शिलान्यास गरिएका बहुउदेश्यीय भवनका लागि मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राईले सांसद विकास कोषअन्र्तगत २० लाख र संग्राहालयका लागि १५ लाख बजेट विनियोजन गरेका छन् ।

कार्यक्रममा सानोदुम्माबासीले सुख्खा खडेरी क्षेत्र, गाउँपालिका स्तरीय खानेपानी, भोजपुर ट्रेल रेस कोष स्थापना, मुन्दुम टे«ल पदमार्गलाई पौवादुङ्मा गाउँपालिकामा समेट्न मुख्यमन्त्रीसमक्ष माग राखेका छन् । गाउँका जनताको माग कति साकार बनाउन सक्छन् त भन्ने कुरा त इस्पष्ट नै छ । जनताको मतको उच्च कदर गर्दै जनभावना अनुशार काम गर्र्न सके प्र्रदेश १ का लागि निकै सम्भावना बोकेका नेताको रुपमा हेर्ने गरिन्छ जसका लागि उनका विलासी सपनालाई थाति राख्नु पर्ने देखिन्छ ।