म्याग्दी, साउन १७ । म्याग्दी जिल्लाको समन्वय समितिको निर्वाचनमा कांग्रेस र एमालेको समान भएपछि गलाप्रथा गर्दा एमालेका उम्मेदवार देवेन्द्र केसी जिल्ला प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् ।
१२ जना मतदातामध्ये एमालेको पक्षमा ६ जना र कांग्रेसको पक्षमा ६ जना भएपछि कांग्रेस कार्यालयमा आपसी सहमतिमा गोला गरिएको थिलो । प्रमुख पाउने पक्षले ४ सदस्य र अर्को पक्षले उपप्रमुख सहित ५ सदस्य पाउने सहमतिमा गोलाप्रथा गरिएको थियो ।
कांग्रेस र एमालेबीचमा भएको सहमति अनुसार गोलाप्रथाबाट एमालेले प्रमुख पाएपछि उपप्रमुख कांग्रेसले पाएको छ । उपप्रमुख कांग्रेसका लोकबहादुर मल्ल बनेका छन् । त्यस्तै दुई दल बिचको सहमति अनुसार नै जिल्ला समन्वय समितिको ५ सदस्य पनि कांग्रेसले पाएको छ ।