कभर स्टोरी

एनआरएनए क्यानडा खेलकुद सप्ताह सम्पन्न

By Bala Adhikari

February 19, 2019

राजु थापा, टोरोन्टो ।

१८ फेब्रुअरि, २०१९

एनआरए क्यानडाले यहि फेब्रुअरि १६ र १७ मा आयोजना गरेको खेलकुद सप्ताह सम्पन्न भएको छ । क्यानडाको ६ वटा शहरहरु गे्रटर टोरोन्टो, भ्यान्कुभर, स्यासक्याटुन, क्याल्गरि, ओटावा र एडमन्टनमा पहिलो पटक सप्ताहको रुपमा आयोजना गरेको खेलकुद गतिविधिमा भलिवल, ब्याडमेन्टन, फुटबल, टग अफ वार, दौड, चेस, क्यारेम्बोर्ड, टेबल टेनिस लगायतका खेल समावेश गरिएको थियो ।

१७ तारिख टोरोन्टोमा आयोजना गरिएको भलिबल प्रतियोगितामा लालिगुँरास स्पोर्टस क्लव मिसिसागा प्रथम भै सिल्ड प्राप्त गरेको छ । अल्ट्रा स्पोर्टस सेन्टर टोरोन्टोमा आयोजना गरिएको भलिवल प्रतियोगिताको फाईनल खेलमा लालिगुँरास क्लवले टोरोन्टो एनएससी टिमलाई हराई प्रथम भएको हो । राेमान्चक भलिबल प्रतियाेगिताकाे रेफ्रि राजकुमार चाैहानले गरेका थिए ।

खेलको समाप्ति पछि साँझ प्याटियो हलमा प्रमाणपत्र, सिल्ड बितरणका साथै सांगेतिक कार्यक्रमको आयोजना गरिएको थियो । बिजयी टिम तथा खेलाडीहरुलाई एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले सिल्ड तथा प्रमाणपत्र बितरण गरेका छन् । एनआरएनए क्यानडा स्पोर्टस् वीक २०१९ नाम दिईएको उक्त कार्यक्रम पाण्डु श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो ।