दृष्टिकोण

रित्तिएको खल्ति……..

By Bala Adhikari

February 22, 2019

–मन्दिरा गिरी (वन)

आज दिन सक्दिन केही म (२) तर भोली कसले पो देखेको छ र ? आजको जे हाल छ मेरो के थाहा ! त्यो तिम्रो नि हुन सक्छ भएकै पनि थियो तर बिर्सियौ अनगिन्ती गुणहरु भन्दिन केही, कुभलो नहोस् हानी नोक्सानी कसैको नहोस् भन्छु यति, विन्ती चढाई रित्तिएको खल्ति मेरो आश केही नगर ।।१।।

लालचमा विलासियौ धनमा धनम्यै पनि भयौ तर रित्तियो तिम्रो ती मधुर शब्द, तुच्छतालाई अपनायौ अनि के पायौ ? खोइ तिम्रा शुभचिन्तकहरु ? कसरी चिता जलायौ ? भयौ होला सम्पन्न धनले तर के तिमी खुशी छौ ? रित्तिएको खल्ति मेरो आश केही नगर ।।१।।

मौनतालाई कमजोर नसम्झ तुच्छताको खेती धेरै नगर अवश्य तोडिन्छ एक दिन (२) घमण्डको तार म त रित्तिएको मान्छे रित्तो छ खल्ति आश केही नगर ।।३।।