आर्थिक

ललितपुर महानगरपालिकाले मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दै

By Bala Adhikari

February 24, 2019

ललितपुर, फागुन १२ । ललितपुर महानगरपालिकाले मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी प्रारम्भ गरेका छन् । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको जानकारी गराए । उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो ।

कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खाे, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले बताएका हुन् ।

उनले भने, प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्ने समेत बताए ।

महानगरपालिकाले ‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक भएको बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले व्यक्त गरे । उनले थपे “यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।