काठमाडौँ, फागुन १६ । नेपाली सेनाको हेलिकप्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बोकी काठमाडौँतर्फ आएको छ ।
दुर्घटनास्थलबाट दुर्घटनामा परेका सातै जनाको शव हिजो र आज बिहान सुकेटार विमानस्थलमा ल्याइएको हो । सोही शव बोकी आज अपराह्न १२ः१० बजे सो हेलिकप्टर काठमाडौँतर्फ उडेको जानकारी गराइएको छ ।