कभर स्टोरी

पहाडी क्षेत्रमा मौसम बदलीसँगै हल्का वर्षा र हिमपात

By Bala Adhikari

March 03, 2019

काठमाडौँ, फागुन १९ । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही भागमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जानकारी गराएको छ ।

सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।

तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने बताइएको छ । बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महसुस हुने महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी गराएका छन् ।