ललितपुर, फागुन २० । महानगरीय प्रहरी परीसर ललितपुरले चोरीको मोटरसाइकलसहित काठमाडौँ महानगरपालिका–३२ बस्ने श्रवणकुमार तामाङ र ललितपुर–१० बस्ने धर्मलाल वाइवालाई पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी परीसर ललितपुरले जानकारी गराएको छ ।
परीसरले ललितपुर महानगरपलिका–१० युएन पार्क नजिकैबाट शनिबार साँझ कालो रङ्गको बा ९४ प ९३०८ नं को मोटरसाइकल नियन्त्रणमा लिएको र सो मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको बताइएको छ ।
प्रहरीको नियमित जाँचका क्रममा मोटरसाइकलमा सवार तामाङ र वाइवासँग कागजात नभएकाले थप अनुसन्धानका क्रममा मोटरसाइकल चोरी भएको पत्ता लागेकोे परीसरका प्रवक्ता (प्रहरी उपरीक्षक) गोविन्द थपलियाले बताएका छन् ।
पक्राउ परेका तामाङ र वाइवाले गत फागुन ५ गते ठमेल क्षेत्रबाट मोटरसाइकल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परीसरले जानकारी गराएको छ । यस घटनाको थप अनुसन्धानका घटना लागि महानगरीय वृत सोरखुट्टे पठाइएको उनले जानकारी गराएका छन् ।