कभर स्टोरी

मन्त्रीमण्डल तत्काल फेरबदल नहुने संकेत

By Bala Adhikari

March 05, 2019

काठमाडौं, फागुन २१ । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षको अवधिमा आशा लाग्दा काम गर्न नसकेको चौतर्फि आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि मन्त्रीमण्डल तत्कालका लागि परिवर्तन नगर्ने बताएका छन् ।

सरकारमा रहेका केहि मन्त्रीहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको चौतर्फि आलोचना भइ रहेकै बेला नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेकपाकै अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीहरु परिवर्तन गर्ने विषयमा कुरा भएपनि अध्यक्षद्वयबीच कुरा नमिलेपछि तत्काल मन्त्रीहरु परिवर्तन नगर्ने सोचमा अध्यक्षद्वय नै पुगेको स्रोतले बताएको छ ।

यस्तै अध्यक्ष दाहालले पनि तत्काल मन्त्रिमण्डल पुनःगठन गर्ने बारेमा खासै तयारी नभएको बताएका छन् । उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रष्ट पारेका छन् । दाहालले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा आफुसँग कुनै कुरा नभएको र आफुले हस्तक्षेप पनि नगरेको प्रष्ट जानकारी गराएका छन् ।

सरकार गठन भएको एक वर्षको अवधिमा सरकारका कतिपय मन्त्रीहरु भ्रष्टचारमा डुवेको भन्दे प्रधानमन्त्रीको समेत चौतर्फि आलोचना भैरहेको छ । तर नेकपाका नेताले भने वाहिर हल्ला भए जस्तो भित्र नभएको बताएका छन् । बाहिर अनावश्य हल्लाहरु चलाइएको उनीहरुको दावि छ ।