काठमाडौं, फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद फेरि चुलिएको छ । कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न भएको महासमिति बैठकले गरेका निर्णयलाई केन्द्रीय समितिले संशोधन गरेको विषयमा कांग्रेसका ५६ जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवासहित सिंगो केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस केन्द्रिय समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यहरुको दवावपछि महासमितिमा जिल्ला सभापतिहरुसँग भएको सहमति अनुसार केन्द्रीय समितिले निर्णय गर्ने भनिएको भएपनि त्यसको विपरित केन्द्रीय समितिले फरक निर्णय गरेपछि कांग्रेस जिल्ला सभापतिहरु आक्रोशित भएका हुन् । जिल्ला सभापतिहरुको सोमबार राजधानीमा बसेको बैठकले पार्टी महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले आफूहरुलाई आश्चर्य चकित बनाएको भन्दै महासमिति भन्दा ठुलो केन्द्रिय कार्य समिति हुनै नसक्ने ठहर समेत गरेको बैठकपछि जिल्ला सभापतिहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरहरु भने सो निर्णयको विपक्षमा रहेका थिए । नेताद्वयले समेत लिखित रुपमा नै असहमति राखेपनि केन्द्रीय समितिको बहुमतले सो निर्णय गरेको थियो । कांग्रेस केन्द्रीय समितिले पार्टीका केन्द्रीय सदस्यहरु पार्टीको १४ औं महाधिवेशनमा स्वत महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको थियो तर महासमिति बैठकले भने त्यसको विपरित केन्द्रीय सदस्यहरु पनि बुथबाट आउनुपर्ने निर्णय गरेको थियो । उता उता नेविसंघ विवाद, अनुशासन–निर्वाचन समिति गठनसहितका मुद्दामा शीर्ष नेताको मत नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ ।
शीर्ष नेताको तिक्तताका कारण १४ फागुनमा बैठकनै नबसि स्थगित केन्द्रीय समिति अनिश्चित बनेको हा । विवादिन विषयमा परामर्श गर्न सभापति शेरबहादुर देउवाको कार्यकक्षमा वरिष्ट नेतासहितको शीर्ष नेतृत्वको अनौपचारिक बैठक भएको थियो । यी विषय टुंगो नलागेसम्म बैठकमा नजाने भन्दै सभापतिकै कार्यकक्षबाट बाहिरिएपछि देउवाले बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएको एक साता विति सक्दा समेत यो विषयमा शीर्ष नेताबीच अनौपचारिक कुराकानी समेत भएको छैन । सहमहामन्त्री डा प्रकाशशरण महतले सभापति देउवाको कार्यव्यवस्तताका कारण बैठक बस्न नसकेको भन्दै एक दुई दिनमा छलफल हुने बताएका छन् ।
जिल्ला सभापतिहरुले जारी गरेको विज्ञप्तिको पुर्ण विवरण
नेपाली कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति श्री शेर बहादुर देउवा र बरिष्ठ नेता श्री रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अबशर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवद्धता जनाउनुभएको थियो ।
यसरी महासमिति बैठक बाट पास भैसकेको बिषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ । महासमिति भन्दा ठुलो केन्द्रिय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो । उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (द. न ९३) महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।
महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौ । जय नेपाल ।
प्रदेश नं. १ १) लिला देवी बोखिम — ताप्लेजुंग २) नरेन्द्र कुमार केरुङ्ग — पांचथर ३) हिमालय कर्माचार्य — ईलाम ४) उद्धव थापा — झापा ५) गोविन्द ढुंगाना — तेह्रथुम ६) नन्दमणि राई — भोजपुर ७) नरेश कुमार श्रेष्ठ — खोटांग ८) बिनोद बस्नेत — सोलुखुम्बु ९) राजिब कोइराला — सुनसरी १ण्) डिग बहादुर लिम्बु — मोरंग ११) बिदुर बस्नेत — गाईघाट १२) दिपेन कुमार श्रेष्ठ ) संखुवासभा प्रदेश नं. २ १) कृष्ण देव यादव — रौतहट २) अजय दुवेदी — पर्सा प्रदेश नं. ३ १) उज्जल बराल — सिन्धुली २) मधु आचार्य — काभ्रे ३) लवश्री न्यौपाने — रामेछाप ४) बिकाश लामा — सिन्धुपाल्चोक ५) जगदीश्वर नरसिंह केसी — नुवाकोट ६) दुर्लभ थापा — भक्तपुर ७) सबुज बानिया — काठमाडौँ ८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा ९) रमेश धमला — धादिंग १ण्) जित नारायण श्रेष्ठ — चितवन प्रदेश नं. ४ १) बैकुण्ठ न्यौपाने — तनहुँ २) कृष्ण केसी —कास्की ३) खम्ब गर्बुजा —म्याग्दी ४) यङ्गजीङ्ग बिष्ट —मुस्तांग ५) कुमार राणा —स्याङजा ६) बिष्णु प्रसाद लामिछाने —नवलपुर ७) भेष बहादुर पौडेल —लम्जुङ्ग ८) हरि ब घले —गोरखा प्रदेश नं. ५ १) अर्जुन पोखरेल —परासी २) बिर बहादुर राणा —पाल्पा ३) भुवन श्रेष्ठ —गुल्मी ४) बिष्णु प्रसाद खनाल(मुश्कान) —अर्घाखाची ५) सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु ६) अम्मर प्रसाद भण्डारी — प्युठान ७) अमर सिंह पून —रोल्पा ८) केशर मान रोका —पूर्व रुकुम ९) किरण कोइराला —बाँके १ण्) संजय गौतम — बर्दिया प्रदेश नं. ६ १) खड्ग बहादुर शाही — मुगु २) दिप बहादुर शाही —जुम्ला ३) हर्ष बहादुर बम —कालिकोट ४) कृष्ण कुमार बिसी — दैलेख ५) कमल राज रेग्मी —सुर्खेत ६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम ७) गणेश बहादुर चन्द —सल्यान ८) दिपक जंग शाही — जाजरकोट ९) जयपति रोकाया —हुम्ला १ण्) अंगत बुढा —डोल्पा प्रदेश नं. ७ १) कर्ण बहादुर मल्ल —डडेल्धुरा २) ललित सिंह बोहरा —दार्चुला ३) नरेन्द्र सिंह थापा —बैतडी ४) हर्क जंग बहादुर सिंह —बझांङ्ग